तिङ्लामा सुमो र मोटरसाईकल ठोकिदा, दुई जना घाईते, एकको अवस्था गम्भिर

तिङ्लामा सुमो र मोटरसाईकल ठोकिदा, दुई जना घाईते, एकको अवस्था गम्भिर

सोलुखुम्बु । सोलुखुम्बुको तिङलामा सुमो जिप र मोटर साईकल एक आपसमा ठोकिदा दुई जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक तिङलाका ५४ बर्षीय लाल बहादुर दयाल र पछाडी सवार सोही ठेगानाका ३४ बर्षीया विमला दयाल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आज (मंगलबार) दिउँसो साडे १ बजे ओखलढुंगाबाट सल्लेरी तर्फ आउँदै गरेको ना १ ज ७३१६ नम्बरको सुमो र विपरित दिशा तर्फ जाँदै गरेको प्रदेश १–०१५०० प २५९४ नम्बरको मोटरसाईकल सिद्धिचरण लोकमार्ग अन्र्तगत तिङ्लाको तिङनासामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घाईते मध्ये मोटरसाईकल चालक लालबहादुरको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । भने विमलाको सामान्य रहेको सोलुखुम्बु प्रहरिले जनाएको छ । बिरामीलाई उपचारका लागि मिसन अस्पताल ओखलढुंगामा पठाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका