सोलुखुम्बु । नेपाली कांग्रेसको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत सोलुखुम्बुको पार्टी सभापति पदका लागि आज पून दोश्रो पटक निर्वाचन हुँँदै छ । मंसिर २ गते भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा आज फेरी दोश्रो पटक निर्वाचन हुन लागेको हो ।
पहिलो पटक भएको निर्वाचनमा सभापतिका उम्मेद्वारहरु विनोद कुमार बस्नेतले ४२८ मत, नाम्गेल जाङबु शेर्पा ४१८ मत र राम बहादुर बस्नेतले ५ मत प्राप्त गरेका थिए । पार्टीको विधान अनुसार कुनै पनि उम्मेद्धारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः दोश्रो चरणको निर्वाचनमा जानुपरेको निर्वाचन समितिले जनाएको छ ।
पौष २ मा भएको निर्वाचनमा सबै भन्दा कम मत प्राप्त गरेका राम बहादुर बस्नेत सोतह बाहिरिएसँगै आजको निर्वाचनमा विनोद कुमार बस्नेत र नाम्गेल जाङबु शेर्पा वीच चुनावी प्रतिस्पर्धा हुने छ ।