सोलुखुम्बुमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते

सोलुखुम्बुमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते

काठमाण्डौ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ बुप्सामा श्रीमतीको खुकुरी र हसिया प्रहारबाट एक ब्यक्ति घाईते भएका छन् । ४० बर्षीया श्रीमती ल्हाक्पा दिकी शेर्पाको घरेलु हतियार प्रहारबाट श्रीमान अन्दाजी ४५ बर्षीय दातेन्जी शेर्पा घाईते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

खुट्टा, ढाँड, हात, कुहिना लगायत शरिरको विभिन्न भागमा चोट लागेका घाईते दातेन्जीको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेकोे छ । घरायसी विबादमा गत शनिबार साँझ ५ बजे ल्हाक्पा दिकीले दातेन्जीलाई खुकुरी र हसिया प्रहार गरेको हो । धारिलो हरियार प्रहार गर्ने श्रीमती ल्हाक्पा दिकी शेर्पा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका