अठार वर्षदेखि भाडामा यातायात कार्यालय

अठार वर्षदेखि भाडामा यातायात कार्यालय

काठमाण्डौ । आफ्नै भवन नहुँदा मुलुकै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय सवारी विगत १८ वर्षदेखि अस्तव्यस्त छ । हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्य कक्ष कोठा नहुँदा सेवा प्रभाव समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयका लागि आवश्यक कोठा नहुँदा साँघुरो भवनबाट जनतन सेवा प्रवाह गर्दै आइरहेको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय सवारीका निमित्त प्रमुख कुशेश्वर शाहले जानकारी दिए।

हाल कोठा अभावमा निमित्त कार्यालय प्रमुखका लागिसमेत छुट्टै कोठा छैन । निमित्त कार्यालय प्रमुख शाहले भने, “अन्य फाँटमै म पनि बसेर एउटा मात्र टेबल राखेर काम गर्दै आएको छु ।” दैनिक करिब एक हजारको हाराहारीमा यस कार्यालयमा विभिन्न कामका लागि सेवाग्राही आउने गर्दछन् । सीमित र निश्चित क्षेत्रफलमा रहेका कोठाबाट बल्लतल्ल सेवा प्रवाह पु¥याएको आएको कार्यालयको दाबी छ ।

दुई वटा भवनमा रहेको कार्यालयको मासिक भाडा रु ८४ हजार तिर्दै आएको छ । उक्त कार्यालय २०६० साल माघ १ गतेदेखि साविकको संरचनाअनुसार यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भएको थियो । स्थापना भएको १८ वर्ष बितिसक्दा पनि कार्यालय भवन निर्माण हुन नसक्दा साँघुरोगरी सेवा प्रवाह गर्दै आएको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका