काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गर्ने भएको भएको छ । आज एक समारोह बीच अवार्ड कार्यक्रमको घोषणा गरिएको हो ।
अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखी असोज ५ गतेसम्म फारम खुल्ला गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार फिल्मका निर्देशक, कलाकार, प्राविधिक साथै सांगीतिक र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिनेहरुलाई सम्मान गर्ने पनि जनाएकोछ ।
अवार्डमा दुई दशक भन्दा लामो समय बिताएका एक श्रष्टालाई नगदसहित लाइफटाइम एचिभमेण्ट अवार्डद्धारा सम्मान गर्ने, कोरोना महामारीले सुस्ताएको गीत संगीत र त्यससँग सम्बन्धित सबै पक्षलाई समेटेर यस अवार्ड गर्न लागिएको लागिएको र यस क्षेत्रमा योगदान पु¥याउने सबैलाई सम्मान स्वरुप अवार्ड प्रदान गरिने रिबिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए ।
अवार्डमा २०७७÷०७८ भित्रका गीत संगीतलाई समावेश गरिने छ भने चलचित्रको हकमा २०७३ देखी हाल सम्म बनेका चलचित्रलाई समावेश गरिनेछ । फारक दर्ता शुल्क एक हजार रुपैया लाग्ने र एस एम एस भोटिङ्बाट आएको अंकलाई ५०Ü र जुरिको निर्णय ५०Ü हुने आयोजकले बताएको छ ।
अवार्ड कार्यक्रम २०७८ असोज १६ गते सम्पन्न हुने आयोजक बताए । पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथि निर्देशक सोम कुस्कुमाझीले चलचित्र र सांगीतिक क्षेत्रलाई प्रोत्साहन गर्न अवार्ड आयोजना गर्नु राम्रो कार्य रहेको बताए ।