ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कारवाही

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कारवाही

लहान । विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गोलबजारले ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारी साधनलाई कारवाही गरेको छ ।

गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट ८५० सवारी साधनलाई कारवाही गरी रु पाँच लाख १० हजार राजश्व सङ्कलन गरिएको छ । ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक सुरेशप्रसाद यादवले जानकारी दिए ।

ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारी साधन, दुईजनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई चलाएका मोटरसाइकललगायत सवारी साधनलाई कारवाही गरिएको उहाँले बताए ।

निःशुल्क आँखा शिविर

सिरहाको लहान नगरपालिकामा सम्पन्न एकदिने निःशुल्क आँखा जाँच शिविरमा २६५ जनाले आँखा जाँच गराएका छन् । वडा नं ५ स्थित विलट साह रौनियार होमियोप्याथिक अस्पतालमा सञ्चालन भएको उक्त शिविरमा लहान नगरक्षेत्र तथा वरिपरिका गाउँका २६५ सर्वसाधारणले जाँच गराएका हुन् ।

नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा सगरमाथा चौधरी आँखा अस्पतालले आयोजना गरेको सो शिविरमा जाँच गराएका २६५ जनाले आँखा जाँच गराएकामा ७५ मा मोतियाविन्दुका बिरामी भेटिएका जनाइएको छ । मोतियाविन्दु भएकालाई निःशुल्क शल्यक्रियाका लागि अस्पताल पठाइएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका