मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

त्रिशुली । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ ।

पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उहाँका अनुसार ठक्कर दिने वा प्र.०२–०१९प ६०७९ नंको मोटरसाइकल र चालक विदुर नगरपालिका–३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारुकाबाट महादेवफाँटतर्फ तीव्रगतिमा आउँदै गरेको मोटरसाइकलले करिब ८ बजेतिर पैदलयात्रीलाई ठक्कर दिएको थियो । उक्त घटनाको विरोधमा स्थानीयवासीले राति अबेरसम्म सडक अवरुद्ध गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका