नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको सुपर डान्सर भक्तपुर सिजन २ फाइनल कार्यक्रम २०७७-११-२१ ठिमी बैंक्वेट ठिमीमा सम्पन्न भएको छ ।

लामो समयदेखि साहित्य सिर्जनामा कलम चलाएका सिरेन बान्तावाको बादलुको छायामुनि बोलको गीत सार्वजनिक भएको छ ।

नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको सुपर डान्सर भक्तपुर सिजन २ फाइनल कार्यक्रम २०७७-११-२१ ठिमी बैंक्वेट ठिमीमा सम्पन्न भएको छ ।

नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको सुपर डान्सर भक्तपुर सिजन २ फाइनल कार्यक्रम २०७७-११-२१ ठिमी बैंक्वेट ठिमीमा सम्पन्न भएको छ ।

दिपक बज्राचार्य को सभापतित्वमा सम्पन्न कार्यक्रममा मध्यपुर ठिमीका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख अतिथ्य नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठको विषेश अतिथ्यामा सम्पन्न भएको छ । अन्य अतिथिहरु नृत्य निर्देशक संघ नेपाल केन्द्रीय सह-कोषाध्यक्ष केशव कोईराला काठमाडौं जिल्ला शाखाका अध्यक्ष बुद्ध लामा,उपाध्यक्ष अर्जुन लामा,सचिव देवराज गुरुङ,सह-सचिव विमल राई कार्य समिति सदस्य अनिल भुजेल,ललितपुर जिल्ला शाखाका सह-सचिव सुरेन्द्र देसारको उपस्थित रहेको थियो । त्यस्तै गरि नृत्य निर्देश प्रेमलाल श्रेष्ठ ,महेश प्रकाश हाडा,समाजसेवी प्रभु भक्त श्रेष्ठ तथा पत्रकार सागर गुरागाईको उपस्थिति रहेको थियो । नृत्य निर्देशक संघ नेपाल केन्द्रीय बरिस्ट उपाध्यक्ष प्रदिप मान श्रेष्ठ ,केन्द्रीय महासचिव नृपध्वज खत्री तथा काठमाडौं जिल्ला शाखाका निवर्तमान अध्यक्ष दक्षिणा लामाले निर्णायकको भूमिका गरेका थियो ।

भक्तपुर जिल्ला भरिका बिद्यालय बाट छनौट हुदै फाइनल चरणमा जुनियर कक्षा १ देखि ५ सम्मका २० र सिनियर कक्षा ६ देखि १० का २० जनाको सहभागी रहेको थियो । मध्यपुर ठिमी नगरपालिका मुख्य प्रायोजक रहेको उक्त कार्यक्रममा जुनियर तर्फ समिक्षा मोक्तान भक्तपुर निस्ट स्कुल,रेजिना लामा लर्ड बुद्ध स्कुल र मिस्टि श्रेष्ठ माउन्ट सिनाइ स्कुलका छात्राहरु क्रमश प्रथम ,द्वितीय र तृतीय भएका छन् । त्यस्तै गरि सिनियर तर्फ सञ्जु लामा लर्ड बुद्ध स्कुल,कुसुम आले मगर बुद्दोदय पाठशाला स्कुल रअमिशा मल्ल सिभियम स्कुल क्रमश प्रथम ,द्वितीय र तृतीय भएका छन् । सम्पूर्ण विजयी विद्यार्थीहरु लाई प्रमुख अतिथि र विशेष अतिथिले नगद १५०००,१०००० र ५००० सहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरेको थियोे ।अन्य सहभागीले पनि मायाको चिनो र प्रमाणपत्र पाएको थियोे ।

कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाका सचिव तथा कार्यक्रम संयोजक चुडामणि फुयाल लाई सम्मान गर्दै, सभापति दिपक बज्राचार्यले कार्यक्रम समापन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका