सल्लेरीमा अन्तरपालिका खुला महिला भलिबल प्रतियोगीता शुरु

सल्लेरीमा अन्तरपालिका खुला महिला भलिबल प्रतियोगीता शुरु

सोलुखुम्बु । स्वर्णिम सारथी संस्था सोलुखुम्बुको आयोजनामा अन्तरपालिका खुला महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

१११ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति सोलुखुम्बुको प्राङगणमा आयोजित अन्तरपालिका खुला महिला भलिबल प्रतियोगिताको हिजो शनिबार उद्घाटन गरिएको हो ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, उपमेयर कल्पना राई, प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही, माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता माया मगर लगायतका जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो । खेलमा जिल्लाका ११ टिमको सहभागिता रहेको छ ।

खेलमा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश ५५ हजार ५५५, ४४ हजार ४४४ रुपैँया र ३३ हजार ३३३ रुपैयाको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । उक्त खेलकुद आयोजनाको लागि नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका