ओलीको पार्टीमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थाल्यो : रघुजी पन्त

ओलीको पार्टीमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थाल्यो : रघुजी पन्त

 नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले माघ २८ मा राजधानीमा हुने जनप्रदर्शनमा मार्क्सवाद मान्नेहरु ल्याउने बताएका छन् । यो समूहले गर्दै आएको नियमित फेसबुक सम्वादमा पन्तले जनप्रदर्शनमा कार्यकर्तालाई मासुभात खुवाउन नल्याइने बताए ।

‘यो सत्ता र शक्तिको दुरुपयोग गरेर गर्न लागिएको जनप्रदर्शन होइन । हामीले मार्क्सवाद मान्नेहरुलाई ल्याउने हो, मासुभात खुवाउन ल्याउने होइन’, पन्तले भने । तर, ओली समूहमा भने मार्क्सवादको ठाउँमा मासुभात चल्न थालेको उनले आरोप लगाए ।

‘ओलीजीको पार्टीमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थालेको छ । हामी मार्क्सवाद चलाउँछौं, विचारको राजनीति, सिद्धान्तको राजनीति, कार्यक्रमको राजनीतिलाई अगाडि बढाउन चाहन्छौं’, पन्तले भने ।

अहिले भइरहेको आन्दोलन लोकतन्त्र, गणतन्त्र र संविधान बचाउँन गरिएको पनि उनले बताए । तर, जनप्रदर्शन कसैलाई धम्क्याउनका लागि नगरिएको उनले बताए । ‘प्रतिवद्धताको आन्दोलन हो । हाम्रो प्रदर्शन कसैलाई धम्क्याउन होइन’, पन्तले भने ।अब बन्द हड्तालको आन्दोलन नहुने पनि उनले बताए । तर, लाखौं मानिस सडकमा आएपछि आफैं हड्ताल हुने पन्तले बताए । ‘बन्द रहर होइन, बन्द बाध्यता हो । यो त गर्नु हुँदैन । आम हड्तालको विरोधी मान्छे हो । आन्दोलन बढ्दै गएपछि आफै हड्ताल हुन्छ’, पन्तले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका