सोलुखुम्बु । आन्तरिक विवादका कारण सोलुखुम्बु काँग्रेसमा लामो समयदेखि एक ठाउँ हुन नसकेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी र पुर्व पार्टी सभापति आङगेलु शेर्पा पछिल्लो समय एक साथ संगठन विस्तारमा लागेका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं १ खरिखोलामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा केसी र शेर्पाले १५७ जनालाई नेकपाबाट काँग्रेसमा प्रवेश गराउनुभएको हो । दुवै नेता एक साथ देखेपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको सोलुखुम्बु काँग्रेसका एक नेताले बताउनुभयो ।
सो अवसरमा केन्द्रिय सदस्य केसीले प्रमुख अतिथिको आसनबाट बोल्दै एक नम्बर प्रदेशको नाम सगरमाथा राख्न पर्ने बताउनुभएको छ । केसीले नेपालकै पहिचान बोकेको विश्वको सर्वोच्च शिखरको नामबाट प्रदेशको नामाकरण गर्दा उपयुक्त हुने धारणा राख्नुभयो ।
सोलुखुम्बुको पर्यटकीय गाउँपालिका खुम्बु पासाङल्हामु गाउँपालिकामा जन्मनुभएका पासाङल्हामु शेर्पालाई नेपाली कांग्रेसको सरकारले नै राष्ट्रिय विभुती घोषणा गरेको भन्दै नेता केसीले पर्यटन विकासमा काँग्रेस सदा प्रतिबद्ध रहेको दाबी गर्नुभयो ।
यस्तै, पुर्व सभापति शेर्पाले नेकपाको आन्तरिक कलहले देस अस्थिरतातर्फ धकेलिएको आरोप लगाउनुभयो । अब मुलुकको हितका लागि सबैलाई काँग्रेसमा आबद्ध हुन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा, कांग्रेस नेताहरु विनोद बस्नेत, खिलराज बस्नेत, भोजराज कार्की, प्रेम थापा मगर, लाक्पानुरु शेर्पा, प्रकाश सिंह कार्की, रामबहादुर बस्नेत, आङछिरिङ शेर्पा, अशोक झा, शारदामाया तामाङ, गान्धीमाया तामाङ, चुङबा शेर्पा, फुनुरु शेर्पा, छिरिङ सोनाम शेर्पा, छुण्डील्हमू शेर्पा, सनम शेर्पा, दावागेलु पाख्रिन, नविन थापा, उत्रमान राई, विद्यार्थी नेता अश्बिनबाबू थापा, दिनराज बाँस्तोला लगायतका दर्जनौँ नेता कार्यकर्ताको उपस्थिति रहेको नेपाली काँग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता पासाङ शेर्पाले जानकारी दिनुभयो ।
त्यस्तै, माप्यदूधकोशी गाउँपालिकामा पनि एक कार्यक्रमको आयोजना गरी ८९ जनालाई काँग्रसमा प्रवेश गराइएको छ । हिमशिखर