प्रचण्ड–नेपाल समूहतिर शेरबहादुर र उषाकला राई

प्रचण्ड–नेपाल समूहतिर शेरबहादुर र उषाकला राई

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसँगै समूह परिवर्तन गर्ने होड नै चलेको छ । आज एकातिर देखिएका नेताहरु अर्को दिन अर्कैतिर पुग्ने गरेका छन् ।

सोमवारको बालुवाटार बैठकमा सहभागी भएका केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा लागेका छन् ।

सिन्धुपाल्चोकबाट निर्वाचित तामाङ ओली पक्षको संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए । जिल्लामा माधव नेपाल पक्षको बर्चश्व रहेकाले कार्यकर्ताको दबाब थेग्न नसकेर उनले प्रचण्ड माधव पक्षमा लाग्ने निर्णय गरेको निकट स्रोतले जनाएको छ ।

प्रदेश १ का सांसद समेत रहेकी शेरबहादुरकी श्रीमती उषाकला राईले ओली पक्षले गरेको केन्द्रीय सदस्य मनोनयन अस्वीकार गरेका छन् ।

नेता राईले फेसबुकमा सार्वजनिक सूचना लेख्दै उनले सो जानकारी दिएका हुन् ।

‘मेरो सार्वजनिक सूचना– यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ तर पद र पैसा केही होइन, जनताको दुई पैसा खाईन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छदैछ। सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रस्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाई रहेका थियौं । तर आज त्यो अलपत्र परेको छ। यो बिचको बिकशित राजनितिक परिघट्नामा संम्माननीय प्रधानमन्त्री केपि कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदय बाट कृतग्य जाहेर गर्दछु । तर मेरा ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छ त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका