प्रचण्ड–नेपाल समुहको केन्द्रिय समिति वैठकमा ३१५ केन्द्रिय सदस्य सभागि भएको प्रचण्डको दावी

प्रचण्ड–नेपाल समुहको केन्द्रिय समिति वैठकमा ३१५ केन्द्रिय सदस्य सभागि भएको प्रचण्डको दावी

काठमाण्डौ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समुह अर्थात प्रचण्ड–नेपाल समुहको भेलामा ३ सय १५ जना केन्द्रिय सदस्यले सहभागिता जनाएको दावी गरेका छन् ।

यस समुहको बबरमहलमा चलिरहेको केन्द्रिय समिति वैठकलाई सम्बोधन गर्दै उनले नेकपाको यही नै आधिकारिक दल भएको दावी गर्नुभएको हो ।

वालुवाटारमा आज विहान भएको ओली पक्षको केन्द्रिय समिति वैठकलाई गुटको भेला, समुहको भेला तथा चोइटिएको समुहको भेला भएकोनी दहालले बताए ।

मुल पार्टी नेकपा आफ्नो नेतृत्वमा भइरहेको केन्द्रिय समिति वैठक भएको उनको भनाई छ ।
कार्यकारी अध्यक्ष दाहालले भने ‘प्रधानमन्त्री ओलीले जुन दिन संसद विघटन गरे त्यो दिन सरकारको विघटन भएको हो, संसद विघटन भएको होइन् किनकी कानूनविद्हरुले विघटन गर्न नमिल्ने बताई रहेका छन । साथै संविधानमा पनि विघटनको प्रावधान छैन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका