काठमाण्डौ । नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकले हालको चार सय ४७ मौजुदा संख्यामा पाँच सय ५६ जना मनोनयन गरेको छ ।
अब एक सय ९६ जना सदस्य रिक्त रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।