‘गेटवे’ले थपे सेवा

‘गेटवे’ले थपे सेवा

काठमाण्डौं । कोरोना (कोभिड १९) कहर हुँदाहुँदै पनि सरकारले करिब ७ महिना लामो लकडाउन खुला गरेसँगै देशभर त्रास मिश्रित खुशी छाएको छ । जोखिम बढिरहे पनि घरभित्रै थुनिएर अस्तव्यस्त बनेका जनताले केही हदसम्म राहतको अनुभूति गरेका छन् । महिनौ बन्द होटल, पसल, अफिस, उद्योगधन्दा सञ्चालनमा आएको छ । सुरक्षा संयमता अपनाउँदै यातायात सेवा पनि देशभर खुला गरिएको छ । चहलपहल तिव्र गतिमा बढेसँगै थलिएको जीवनस्तर र सिंगो देशकै अर्थतन्त्रमा समेत सुधार हुन सक्ने सकारात्मक आशा गर्न सकिन्छ ।

यसैबिच विश्वकर्मा पुजाको अवसर पारेर गेटवे मल्टि इन्भेष्टमेन्ट प्रा. लि. काठमाण्डौले पनि सामुहिक विश्वकर्मा पुजा गर्दै पुन सेवा सुचारु गरेको छ । गेटवे मल्टि इन्भेष्टमेन्ट प्रा. लि. को नियमित सेवा काठमाण्डौं–सोलु यातायात सञ्चालनसँगै काठमाण्डौं टुसालस्थित गेटवे वासिङ सेन्टरको उद्घाटन गरेर थप सेवा विस्तार गरेको छ । चाँडै नै सोलुखुम्बुबाट प्रदेश १ को राजधानी विराटनगरसम्म नियमित यातायात सेवा सञ्चालनमा ल्याउने पनि गेटवे मल्टि इन्भेष्टमेन्ट प्रा. लि. का अध्यक्ष रमेश राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका