माप्य दुधकोशीले अत्यधुनिक वथशाला सञ्चालनमा ल्यायो

खुम्बुको आवश्यकतालाई धान्ने वथशाला बनाइदै

माप्य दुधकोशीले अत्यधुनिक वथशाला सञ्चालनमा ल्यायो

गाउँले न्युज, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुले जनस्वास्थ्यलाई ध्यानमा राख्दै व्यवस्थित वथशाला सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको लगानीमा वडा नम्बर ३ को मौरिखोला नजिकैको वथशालामा स्वच्छ, ताजा र स्वस्थ्य मासु विक्री वितरण सुरु गरेको हो ।

वथशालालाई राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि यससम्बन्धि छुट्टै कार्यविधि बनाउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । वथशालाको भौतिक पूर्वाधार तथा अन्य आवश्यक सामाग्रीहरुको व्यवस्थापनका लागि सम्पूर्ण लगानी गाउँपालिकाले गर्ने र कार्यविधि तयारी भइसकेपछि त्यसैअनुरुप नियमित र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

यो झट्ट हेर्दा र सुन्दा सामान्य लागेपनि प्रत्यक्ष रुपमा जनस्वस्थ्यसँग जोडिएको हुनाले दीर्घकालिन योजनाका साथ वथशालाको अवधारणा अघि बढाइएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको भनाइ छ । अध्यक्ष राईकाअनुसार वथशालामार्फत ताजा र स्वच्छ मासु विक्रिवितरण गर्ने कार्यलाई प्रत्येक वडा हुँदै गाउँटोलसम्म विस्तार गर्ने योजना गाउँपालिकाको छ ।
हाल वडा नम्बर १ जुभिङमा सञ्चालनमा रहेको वथशालालाई थप स्तरोन्नति गरेर पर्यटकीय क्षेत्र खुम्बुको आवश्यकतालाई धान्ने गरी अगाडि बढाउने योजना रहेको पनि गाउँपालिका राईले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका