माप्या दुधकोशी गाउँपालिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी नदिएको स्पष्टोक्ति

माप्या दुधकोशी गाउँपालिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी नदिएको स्पष्टोक्ति

गाउँले न्युज, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईविरुद्ध ४ अध्यक्षहरुले अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी दिएको भनी संचारमाध्यममा प्रकाशित समाचार सामग्री झुटो रहेको सावित भएको छ । एक अनलाइन पत्रिकामा प्रकाशित समाचार सामग्रीमा अध्यक्ष राईविरुद्ध सोही गाउँपालिकाका ४ वडा अध्यक्षहरु नारायणकाजी कार्की, निमराज तामाङ, दिनेश राई र सगुजीत राईले करोडौं घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको बताइएको छ ।

निमराज तामाङ र नारायणकाजी कार्की तत्कालीन नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुन् भने दिनेश राई र सगुजीत राई नेपाली कांग्रेसबाट निर्वाचत अध्यक्ष हुन् । प्रकाशित निवेदनको फोटोमा गत वर्ष (०२७६।५।४गते)को मिति रहेको छ । सोही निवेदनलाई पुनः दोहोर्‍याएको भनिए पनि उक्त निवेदनमा आफूहरुको कुनै संलग्नता नरहेको वडा अध्यक्षहरुले बताएका छन् । तर उजुरी गर्ने भनिएकामध्ये निमराज तामाङले यसमा अनावश्यक रुपले आफ्नो नाम मुछिएको भन्दै ध्यानाकर्षण भएको र उक्त उजुरीबारे आफू अनविज्ञ रहेको बताए । समाचारमा चार वडाअध्यक्षहरुको नाम उजुरकिर्ताका रुपमा प्रस्ट रुपमा किटान गरिएको भए पनि निवेदनमा भने उजुरीकर्ताका रुपमा ‘जनप्रतिनिधि, माप्यादुधकोशी गाउँपालिका, सोलुखुम्बु’ लेखिएको छ ।

अध्यक्ष विरुद्ध उजुरी गरेको छैन
‘गत वर्ष पनि हामीले गाउँपालिका अध्यक्षको विरुद्ध उजुरी दिएका थिएनौं । कांग्रेसकाहरुले दिए भने म वजान्दिनँ । तर नारायणकाजी कार्की र मैले जिल्ला प्रशासन कार्यालयमा गाउँपालिकाका कर्मचारीविरुद्ध छानबिन गरिपाउँ भनेर निवेदन मात्रै दिएका हौं’ तामाङले भने, ‘यसबारेमा म अनविज्ञ छु । यसमा मेरो कुनै संलग्नता छैन । अहिले संचारमाध्यममा जुन प्रचार भइरहेको छ, त्यो पूरै फेक (गलत) हो ।’

नेपाली कांग्रेसबाट निर्वाचित अर्का वडा अध्यक्ष सगुजीत राईले पनि आफू यस कार्यमा संलग्न नरहेको स्पष्ट पारेका छन् । ‘मलाई केही पनि थाहा छैन । पुनः निवेदन भनिएको छ । यसबारेमा मलाई केही थाहा छैन । अरु साथीहरुले दिए भने म जान्दिन, तर मेरो कुनै संलग्नता छैन । सामाचारमा जे भनिएको छ, त्यो सरासर झुट हो’ अध्यक्ष राईले भने ।
अख्तियारले कुनै जानकारी गराएको छैनः अध्यक्ष राई
त्यसैगरी माप्या दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले संचारमाध्यममा गलत प्रभार भइरहेको बताए । ‘चार जना वडा अध्यक्षहरुले उजुरी दिएको समाचार आइरहेको छ । तर अध्यक्षहरुसँग मैले कुरा गर्दा होइन भन्नुभएको छ । यो गैरकानुनी कार्य भइरहेको छ’ अध्यक्ष राईले भने, ‘यस प्रकारको प्रोपोगाण्डाको पछि नलाग्न भ्रममा नपर्न आम नागरिकमा अनुरोध गर्छु ।’ त्यसैगरी गाउँपालिकामा रहेका सबै खालका विवादहरुलाई गएको गाउँसभाबाट हल गरी अघि बढेको भन्दै अध्यक्ष राईले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि मलाई कुनै प्रकारको जानकारी समेत आएको छैन । यो विकास नचाहने र विकास विरोधीहरुको पछि नलाग्न सबैमा अपील गर्दछु ।

सम्बधित निकायले जवाफ दिनुपर्छः गौरव राई
नेपाल कम्युनिस्ट पार्टी (नेकपा), माप्या दुधकोशीले पनि यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘जनताको प्रत्यक्ष सरोकार राख्ने, विकास निर्माणको सन्दर्भमा जुन प्रश्न आइरहेको छ, यो गम्भीर र महत्वपूर्ण विषय उठान भएको छ’ नेकपा माप्या दुधकोशीका अध्यक्ष गौरव राईले भने, ‘पूरानो कुरालाई बल्झाएर गाउँपालिकालाई नै बदनाम गर्ने गरी आम संचारमात्तयमहरुमा गलत प्रचार भइरहेको छ, यदि यो सत्य हाइन भने नेकपाले यसको घोर निन्दा गर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका