सोलुखुम्बु । वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च सोलुखुम्बुको अध्यक्षको जिम्मेवारी मिलनकुमार राईलाई दिइएको छ। मञ्चका केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालले राईलाई बुधबार उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो ।
लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्दै जननायक वी. पी. कोइरालाबाट व्यक्त विचार, प्रतिपादित नीति र अवधारणालाई गाउँ गाउँमा पुर्याउने उद्देश्यले गठित मञ्चको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।
अध्यक्ष राईले जिम्मेवारीलाई सबैको सल्लाह, सुझाव र सहयोगबाट पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।