सोलुखुम्बुका किसानले पाए भालु धपाउने यन्त्र

सोलुखुम्बुका किसानले पाए भालु धपाउने यन्त्र

गाउँले न्युज, सोलुखुम्बु । भालुबाट मकै जोगाउन बारीमै सुत्ने सोलुखुम्बुका लेकाली भेगका किसानले भालु धपाउने यन्त्र पाएका छन् । डिभिजन वन कार्यालय सोलुुखुम्बुले भालुबाट हैरान भएका किसानका लागि पड्काएर भालु तर्साउने यन्त्र वितरण गरेको हो ।

बारीमा भालुबाट मकै जोगाउन सानासाना छाप्रा र त्यसमा टिन झुण्ड्याएर बारीमै जाग्राम बस्ने किसानले यन्त्र पाएपछि सहज हुने बताएका छन् । पहिलो पटक यन्त्र पाएका सोलुदूधकुण्ड नगरपालिका २ वेनीका किसान पाल्देन शेर्पाले यन्त्रको प्रयोगबाट भालुले दिने सास्ती कम हुने विश्वास व्यक्त गर्नुभयो ।

पहिलो पटक १० थान यन्त्र ल्याएको र जिल्लाका तामाखानी, वेनी र सोताङमा वितरण गर्ने डिभिजन वन कार्यालय सोलुखुम्बुका डिभिजन वन अधिकृत डाक्टर इन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो । स्थानीयस्तरमा पनि निर्माण गर्न सकिने भएकाले स्थानीयलाई आवश्यक सामान कार्यालयले उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

यसमा कार्वाइड भन्ने तत्व लगाएर पड्काइन्छ। यस यन्त्रको निर्माण र वितरण सहयोग राष्ट्रिय आविष्कार केन्द्रले गरेको छ भने भविश्वर कोइरालाले तयार पारेको यसको सर्वाधिकार कोइरालामा निहित छ।

यन्त्रले किसानको मकैबाली जोगाउन सहयोग पुग्ने सोलुदूधकुण्ड नगरपालिका २ का वडा अध्यक्ष मिङमारदोर्जी शेर्पाले बताउनुभयो । जिल्लाकाका विभिन्न भागमा भालुको आतङ्कले स्थानीयको जनजीवन समेत त्रसित बन्ने गरेको छ भने वर्षेनि दर्जनौँ स्थानीय घाइते तथा मृत्यू हुने गरेका छन् ।

कुनै पनि जङ्गली जनवारलाई मार्न वा क्षति पु¥याउन नपाइने भएकाले अन्य वैकल्पिक उपायहरु अपनाएर मात्र बालीको संरक्षण गर्नुपर्ने र बाली नष्ट गरेबापत कुनै क्षतिपूर्ति दिने प्रावधान छैन । मानिसलाई नै क्षति पु¥याएमा भने सगरमाथा राष्ट्रिय निकुञ्जले प्रमाणित गरे बमोजिम घाइतेलाई ५० हजार र मृत्यु भएमा डेढ लाखसम्म क्षतिपूर्ति दिन सकिने कानुनी व्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका