गाउँले न्युज, काठमाडौं । काठमाडौं उपत्यका भित्र ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।