शंखेश्वरी आवि, भोजपुरमा बान्तावा भाषा पढाइ सुरु हुने

रामप्रसादराई गाउँपालिका ८ भञ्ज्याङ, भोजपुरमा कक्षा १ मा बान्तावा भाषाको पढाइ

शंखेश्वरी आवि, भोजपुरमा बान्तावा भाषा पढाइ सुरु हुने

काठमाडौं –

रामप्रसादराई गाउँपालिका ८ भञ्ज्याङ, भोजपुरमा कक्षा १ मा बान्तावा भाषाको पढाइ शैक्षिक सत्र २०७७-७८ बाट सुरु हुने भएको छ ।

 

 

शंखेश्वरी आधारभूत विद्यालयमा सुरु हुन लागेको बान्तावा भाषाको पढाइका लागि २८ थान कक्षा १ को पुस्तक र ३ थान बान्तावा सन्दर्भ सामग्री पुस्तकहरू तयारी अवस्थामा रहेको पदम राईले जानकारी दिएका छन् । सो सामग्री काठमाडौंमा त्रिलोक त्रिवेणी राईलाई हस्तान्तरण गरिएको उनी छिटै भोजपुर जाने बान्तावा भाषाको मासिक पत्रिका ‘बुङ्वाखा’ का सम्पादक समेत रहेका पदम राईले जनाएका छन् ।

 

भाषाविज्ञ तथा बान्तावा कवि त्रिलोक त्रिवेणी राईको पहल र विद्यालयका कर्मचारी दिल कुमार राईको सहजीकरणमा पदम राईले विद्यालयका प्रधानाध्यापक शान्तिराम बस्नेतसँग बान्तावा कक्षा सञ्चालन नुरोध गरेपछि बान्तावा भाषाको पढाइ हुने वातावण बनेको हो । कक्षा १ देखि ८ सम्म पढाइ हुने सो विद्यालयमा दुई सय ५० जना जति विद्यार्थीहरू भर्ना हुने प्रक्रियामा रहेको प्रधानाध्यापक शान्तिराम बस्नेतसँगलाई उद्धृत गर्दे पदम राईले जानकारी दिए । गत शैक्षिक सत्रको रेकर्डअनुसार सो विद्यालयमा ३ जना (श्रेष्ठ १, योगी १ र भट्टराई १) बाहेक करिब ९९ प्रतिशत बान्तावा राई भाषी विद्यार्थीहरू रहेका छन् ।

 

कार्यालय सहायकसहित आठ जना शिक्षक-शिक्षिका रहेको विद्यालयमा पाँच जना मात्र बान्तावाभाषी भएकाले बान्तावा पढाइका लागि थप शिक्षकको आवश्यकता पर्ने प्रअ बस्नेतको भनाइ छ । थप शिक्षक कोटाबारे सम्बन्धित जिल्ला शिक्षा कार्यालय र स्थानीय निकायले सम्बोधन गरोस् भनी  माग गर्ने पनि प्रअ बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका