WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByFXiXRSVIRSTytiDJwcK2o9D1PRO5/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:05:55', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाण्डौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको चार महिनाको लक्डाउन खुला गरेलगत्तै शैक्षिक क्षेत्रले छिट्टै गति लिने भएको छ ।
जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले बाटो खोलेपछि शैक्षिक संस्थाहरूले बुधबारबाटै यसको तयारी सुरु गरेका छन् । यसक्रममा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ भने त्रिभुवन विश्वविद्यालयले बुधबारबाट क्याम्पस खोल्नुका साथै भदौ ७ गतेबाट स्थगित परीक्षा सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साउन १५ गतेभित्र सबै सार्वजनिक विद्यालयका शिक्षकलाई सम्बद्ध विद्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने जनाएपछि विद्यालयमा शैक्षिक गतिविधि बढ्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता लिने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिए । कक्षा १२ को परीक्षा गत वैशाखमा लिने योजना थियो ।