माप्य दुधकोशी गाउँपालिकाले ल्यायो साँढे ३२ करोडको बजेट

प्रशासनिक भवन प्राथमिकतामा

माप्य दुधकोशी गाउँपालिकाले ल्यायो साँढे ३२ करोडको बजेट

गाउँले न्युज, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि ३२ करोड ४१ लाख ४३ हजार ३८० रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बुधवार गाउसभा हलमा सम्पन्न छैटौ गाउँसभाबाट सो बजेट सार्वजनिक गरिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ को नयाँ बजेटमा संघीय सरकारको वित्तीय समानिकरण अनुदानवापत दश करोड २२ लाख रहेको छ भने प्रदेश समानिकरण अनुदान ७० लाख २५ हजार, प्रदेश राजाश्व सवारी साधन करवापत १८ लाख ११ हजार बजेटमा समाबेश गरिएको छ । त्यस्तै संघ राजाश्व बाड्फाड ६ करोड ७ हजार ३८०, पर्यटन रोयल्टीवापत २० लाख रहेको छ भने गाउँपालिकाको आन्तरिक स्रोत तथा राजाश्व २५ लाख रहेको छ । सशर्त अनुदानवापत १४ करोड ८६ हजार जोडिएको छ ।

गाउँपालिकाको जानकारी अनुसार जम्मा बजेटमध्ये आर्थिक बिकास क्षेत्रमा १ करोड ५९ लाख ५० हजार, सामाजिक बिकास क्षेत्रमा १ करोड ९३ लाख ५० हजार, पूर्वधार बिकास क्षेत्रमा १० करोड ६८ लख ५० हजार रुपैया बिनियोजन गरिएको ।

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा गाउँपालिकाकै गौरबको आयोजना तथा पूर्वधार बिकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतलाई बिशेष प्रथमिकतामा राखेको छ । साथै बजेटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणलाई बिशेष जोड दिइएको छ । ।

नीति तथा कार्यक्रमसङ्गै नयाँ बजेटमा कायखेतको मोटारेबल पुल, चिन्डो निर्माण, कृषि क्षेत्र, पर्यटनसंग सम्बन्धित कार्यक्रमहरुलाई प्राथमिकतामा राकिएको छ । त्यस्तै सडक, खानेपानी, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नयाँ कार्यक्रम घोषणा गरिएको छ ।

गाउँपालिकामा १५ सैयाको हस्पिटल सन्चालनको लागि बजेटमा बिशेष प्राथमिकतामा रााखिएको छ । जसको लागि गाउँपालिकाले पनि बजेटको ब्यबस्था गरेको छ भने प्रदेश सरकारबाट १ करोड र संघबाट ८० लाख रुपैया बजेटको ब्यबस्था गरिएको छ । एमबीबीएस डक्टरसहितको सेवा तत्काल सुरुवात हुँदैछ ।

त्यस्तै शिक्षा क्षेत्रको कार्यक्रमअन्तर्गत इसिडीको शिक्षक, कार्यालय सहयोगी तथा लेखापालहरुको लागि प्रोत्साहन भत्ता दिने जस्ता कार्यक्रमहरु ल्याइएको छ ।

गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले गाउँपालिकाको सम्बृद्धिका लागि नयाँ बजेट कोशेढ्ङ्गा साबित हुने विश्वास ब्यक्त गर्नुभयो । अध्यक्ष राईले पहिलो आफुहरु निर्बाचित भएपछिको पहिलो बजेट सिकाइको रुपमा भएपनि लक्षित रुपमा कार्यन्वयन गरिएको, दोस्रो बजेट गाउँपालिकाको बिकासका लागि हरेक पक्षमा आधारशिला खडा गर्नको लागि सफल भएको र तेस्रो बजेट कोरोना जस्तो विश्वब्यापी महामारीको बीचमा भएपनि आवश्यकता तथा जनउत्तरदायित्वसहितको दीगो बिकासलाई ध्यानमा राखेर ल्याइएको दाबी गर्नुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका