काठमाडौं- माप्य दुधकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले प्रेश विज्ञप्ती जारी गरी विभिन्न महत्वपूर्ण निर्णय गरेको जनाएको छ ।
माप्य दुधकोशी गाउँपालिका वडा नंबर ३ को बैठक वडा अध्यक्ष नारायणकाजी कार्कीको अध्यक्षतामा बैठकमा वडा नंबर ३ वडाको केन्द्र साविक बासा गा.वि.स.को वडा नंबर ३र ६ को सिमानामा सर्वसहमत राख्ने, गाउँपालिकाको प्रशासनिक भवन राजपत्रमा प्रकाशित सूचनाको आधारमा पूर्ण मापदण्डमा रही निमार्ण गर्ने र गाउँपालिका केन्द्रको विषयमा सर्वोच्च अदालतमा रहेको मुद्दा छलफल गरी सहमति र आपसी मेलमिलाप गर्दै कोरोना भाइरसको लकडाउन खुले लगतै स्वइच्छाले फिर्ता गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष जुनिता माया मगर लगायतको उपस्थिति थियो ।