जेठ २८, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जिल्ला कमिटि, सोलुखुम्बुले सोलु दुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईमाथि भएको हातपातमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
बुधबार नेकपा जिल्ला कमिटिले प्रेस विज्ञप्ति जारी गरी उपमेरयर राईमाथिको नगरपालिकाका प्रचक्ता सारदा तामाङले गरेको हातपात गरेको घटना आकस्मिक नभई फरक राजनैतिक आस्था बोकेका व्यक्तिहरूको योजनावद्ध आक्रमण भनेको छ । ‘आक्रमण गर्ने र गराउनेलाई तुरुन्त पक्राउ गरी गम्भीर अनुसन्धान गर्न र दोषीहरूमाथि हदैसम्मको कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।’, विज्ञप्तिमा उल्लेख छ ।
नेकपा जिल्ला कमिटि, सोलुखुम्बुले मंगलबार भएको घटना सिंगो नगरपालिका, जिल्लाका समग्र स्थागीय तहका जनप्रतिनिधि, सभ्य समाज र लोकतान्त्रिक गणतन्त्रमाथिकै आक्रमणको रूपमा लिएको छ ।