कोरोना अपडेट-कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, तीन सय ३४ जना नयाँ संक्रमित थपिए

अन्तर्राष्ट्रिय अपडेटसहित

कोरोना अपडेट-कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, तीन सय ३४ जना नयाँ संक्रमित थपिए

 

 

जेठ २२, काठमाडौं – कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पाल्पा मिसन अस्पतालमा जेठ २० गते मृत्युभएको पाल्पाका ४५ वर्षका पुरुषको स्वाब परिक्षणको रिपोर्ट पोजिटिभ आएपछि मृत्यु हुनेको संख्या १० पुगेको हो । स्वास्थ्यमा गडबडी, र स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि सो पुरुषलाई अस्पताल भर्ना गरिएको को मन्त्रालयले जनाएको छ ।

तीन सय ३४ जना नयाँ संक्रमित थपिएकको मन्त्रालयले मिडिया ब्रिफिङमार्फत बिहीबार जनाएको छ । संक्रमितमध्ये तीन सय १९ जना पुरुष र १५ जना महिला रहेको मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशाला गरिएको परीक्षणमा हालसम्म  दुई हजार ६ सय ३४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

अहिलेसम्म देशभर कोरोनाका बिरामीमध्ये कुल दुई सय ९० जना निको भएर डिस्चार्ज भएका छन् । देशका  विभिन्न अस्पतालहरूमा रहेका बिरामीमध्ये डिस्चार्ज हुनेमा दुई  सय ४३ पुरुष र ५६ महिला  रहेका छन् ।

हालसम्मको पिसिआर परीक्षण ८४ हजार एक सय ४३ वटा गरिएकोछ भने आरडिटि बिधीबाट एक लाख २५ हजार पाँच सय ६४ वटा परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना परीक्षणका लागि ६१ लाख पाँच सय ३७ जनाले स्वास्थ्य विवरण फाराम भरेका छन् । स्वास्थ्य विवरण फाराम

भर्नेमध्ये चार सय ७६ जना रेडजोनमा छन् ।

 

अन्तर्राष्ट्रिय अपडेट

हालसम्म विश्वभरिमा कोरोना संक्रमितको संख्या ६६ लाख तीन हजार चार सय ८५ पुगेको  छ । संक्रमणबाट हालसम्म तीन लाख ८८ हजार पाँच सय १० जना मृत्यु भएको वल्डोमिटरले जनाएको छ । संक्रमणबाट ३१ लाख ९१ हजार आठ सय ८७ जना निको भएका  छन् ।

हालसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख नौ हजार एक सय ५९ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै संक्रमितको संख्या पनि अमेरिकामा नै उच्च रहेको छ । हाल अमेरिकामा १९ लाख दुई हजार सात सय ७९ जना संक्रमित रहेको जनाइएको छ । अमेरिकामा ६ लाख ८८ हजार आठ सय ८१ जना कोरोनासंक्रमित निको भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका